खेलकुद

नेपाललाई चौथो सफलता

नवलपुर टुडे
२०८० अशोज १६ | बिहान ०८:०६ बजे

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ ।

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए । जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए ।

भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको छ । जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन् ।

कमेन्टहरु