गण्डकी प्रदेश

बिरामीको मृत्युपछि पोखरा मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

नवलपुर टुडे
२०८० अशोज ८ | मध्यान्ह ०६:०६ बजे

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि हातपात भएको छ । अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि हातपात गरेका हुन् ।

लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ । उपचार गर्दागर्दै दुराको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड र आक्रमण प्रयास गरेका हुन् ।

हातपातमा संलग्न गरेको आरोपमा प्रहरीले विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभीको आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु