सरकार र शिक्षकहरूबीच वार्ता जारी

नवलपुर टुडे
२०८० अशोज ५ | मध्यान्ह ०३:०६ बजे

काठमाडौँ, असोज ५ । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।
वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै असोज २ गतेदेखि शिक्षक महासंघको आह्वानमा शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् ।























