मुख्य समाचार

प्रतिनिधि सभाद्वारा नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

नवलपुर टुडे
२०८० भदौ २८ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं, भदौ २८ । प्रतिनिधि सभाको बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । 

नेम्वाङको निधनमा सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए । नेम्वाङको गत भदौ २६ गते सोमबार हृदयघातका कारण निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए ।

कमेन्टहरु