नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

नवलपुर टुडे


काठमाडौं, भदौ २८ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।
सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै नेम्वाङको शवयात्राको रुट पनि तय भएको एमालेले जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्ति शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइने उल्लेख छ ।

शक्तिशाली चक्रवात ‘अक्वान’ भोलि तटमा ठोक्किने, भारतका तीन राज्यमा उच्च सतर्कता

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको उपाध्यक्ष थापाको निष्कर्ष

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा
अरुपनि पढ्नुहोस
सबै
चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो नयाँ स्याटेलाइट

‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते
















