तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

नवलपुर टुडे

सारांश
- झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ वटा घटना हुँदा १७ करोड ५१ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।
- कार्तिक महिनामा मात्रै २६ वटा आगलागीका घटनाबाट ६ करोड ७२ लाख रुपैयाँ क्षति हुनुका साथै दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
- जिल्लामा गत तीन महिनाको अवधिमा घटेका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झापा । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















