Opens in a new tab

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ स्याटेलाइट

एजेन्सी

315Shares

सारांश

  • चीनले बिहीबार ‘ताइयुआन’ प्रक्षेपण केन्द्रबाट ‘शिजियान–२४’ नामक नयाँ स्याटेलाइट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
  • उक्त स्याटेलाइट ‘लङ मार्च–२डी’ रकेटमार्फत स्थानीय समयअनुसार बिहान ६:५१ बजे निर्धारित कक्षमा पठाइएको हो।
  • यो प्रक्षेपणसँगै चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाअन्तर्गत भएका कुल उडान अभियानको सङ्ख्या ६७८ पुगेको छ।
dida bag ad

बेइजिङ । चीनले बिहीबार नयाँ स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। चीनको साङ्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘शिजियान–२४’ नामक स्याटेलाइट प्रक्षेपण गरिएको हो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ५१ मिनेटमा ‘लङ मार्च–२डी’ रकेटमार्फत स्याटेलाइट प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ।

चीनले यस प्रक्षेपण अभियानलाई पूर्ण सफल भएको जनाएको छ। यो प्रक्षेपणसँगै चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाअन्तर्गत सम्पन्न उडान अभियानको सङ्ख्या ६७८ पुगेको छ।

चीनले पछिल्लो समय आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्रता दिँदै विभिन्न वैज्ञानिक तथा प्राविधिक उद्देश्यका लागि स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ।