‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

एजेन्सी

सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब ५० करोड नागरिकलाई गरिबीबाट मुक्त गरिएको र माओवादी उग्रवादको खतरा टारेको दाबी गरेका छन्।
- गरिबीबाट बाहिरिएका मानिसहरू अनुशासनहीन खर्चका कारण पुनः गरिबीमा नफर्कվन् भneर उनले आर्थिक अनुशासन र बचतको संस्कार विकास गर्न जोड दिएका छन्।
- उनले अब देशबाट लागुऔषध दुर्व्यसनको अन्त्य गर्ने कार्यलाई सरकारको अर्को प्रमुख लक्ष्य बनाउन मन्त्रिपरिषद् र सचिवहरूलाई आग्रह गरेका छन्।

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा करिब ५० करोड मानिसलाई गरिबीबाट मुक्त गर्न सफल भएको र ‘माओवादी उग्रवाद’को खतरा अन्त्य भएको दाबी गर्दै अब लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
बुधबार मन्त्रीपरिषद्का सदस्य तथा सरकारी सचिवहरूसँगको बैठकमा उनले लागुऔषध दुर्व्यसन अन्त्यलाई सरकारको अर्को प्रमुख लक्ष्य बनाउन आग्रह गरेका हुन् ।
बैठकमा मोदीले नागरिकलाई बचत गर्ने बानी विकास गर्न पनि आग्रह गरेका थिए । भारतको संस्कृति ‘खाने, पिउने र मोजमस्ती गर्ने’ मात्रै नभएको उल्लेख गर्दै उनले अनावश्यक खर्चभन्दा बचतलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
गरिबीबाट बाहिरिएका मानिसहरू अनुशासनहीन खर्चका कारण पुनः गरिबीमा धकेलिन सक्ने जोखिम रहेकोमा उनको चिन्ता थियो । त्यसैले आर्थिक अनुशासन र बचतको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
मोदीले सन् २०११ देखि २०२३ सम्म भारतले विश्वकै तीव्र गतिमध्ये एक दरमा गरिबी घटाउन सफल भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय उत्सवका रूपमा लिनुपर्ने बताए । यस उपलब्धिमा विभिन्न सरकार, सरकारी अधिकारी, उद्योग क्षेत्र र सर्वसाधारणको सामूहिक योगदान रहेको उनको भनाइ थियो ।

‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते

बंगलादेशमा हिंसा चर्कियो, २८ जिल्लामा बम विस्फोट

उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
अरुपनि पढ्नुहोस
सबै
दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा रमाउँदै कञ्चनपुरका किसान

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव
















