Opens in a new tab

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

नवलपुर टुडे

299Shares

सारांश

  • आज देशका केही स्थानमा आंशिक बदली रहे पनि समग्रमा मौसम मुख्यतया सफा रहने छ।
  • अक्वान चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि हाल वर्षाको कुनै सम्भावना छैन।
  • तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।
dida bag ad

काठमाडौं । देशका केही स्थानमा बादल लागे पनि आज मुख्यतया मौसम सफा हुनेछ । ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहे पनि वर्षाको सम्भावना भने छैन ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी र मधेस प्रदेशमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । ‘अक्वान’ चक्रवातको आंशिक प्रभावका कारण बादल लाग्ने भएको हो ।