राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

रासस

सारांश
- बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरका १० भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।
- जिल्ला भूमि समस्या समाधान समितिको आयोजना र स्थानीय सरकारको सहयोगमा वर्षौंदेखिको प्रतीक्षापछि उनीहरूले जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
- यस वितरण कार्यले सुकुम्वासी परिवारलाई सुरक्षित बसोबासको आधार तयार गर्नुका साथै राज्यका सेवा-सुविधाहरूमा पहुँच पुर्याउन सहयोग गर्ने विश्वास गरिएको छ।

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई बुधबार जग्गाधनी पुर्जा वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–४, बैजापुरका १० घर परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा जिल्लाको बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।
सो अवसरमा बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अगाडि बढाएको बताए । वर्तमान सरकारले आफ्नो कार्यकालमा सबै भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारले सङ्घीय सरकारलाई सहयोग गर्दै आएको उल्लेख गरे ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँकेका आठ वटै स्थानीय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिएको बताए ।
राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काका अनुसार जग्गाधनीपुर्जा प्राप्त गर्ने सबै स्थानीय हुन् । जग्गाधनी पुर्जा प्राप्त भएपछि वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यसले उहाँहरूलाई सुरक्षित बसोबासको आधार तयार गर्नाका साथै राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
अरुपनि पढ्नुहोस
सबै
ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
















