बंगलादेशमा हिंसा चर्कियो, २८ जिल्लामा बम विस्फोट

नवलपुर टुडे

सारांश
- पूर्वप्रधानमन्त्री शेख हसिना आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव र हिंसात्मक घटनाहरू बढेका छन्।
- अवामी लिगको लकडाउन आह्वानसँगै भएका बम विस्फोट, आगजनी र झडपका घटनामा परी चार जनाको मृत्यु हुनुका साथै बैंकका शाखाहरूमा समेत क्षति पुगेको छ।
- बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ भने प्रहरीले २४ घण्टामा ५६५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनका क्रममा राजधानी ढाकासहित २८ जिल्लामा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।
हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन् भने विभिन्न स्थानमा चार जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका शाखामा आगजनी गरिएको छ ।
तनाव बढेपछि सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ ।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् । उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक गतिविधि र तनाव थप बढेको हो ।
बंगलादेशमा पछिल्ला घटनाले राजनीतिक अस्थिरता र सुरक्षा चुनौती पुनः बढाएको छ ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















