शक्तिशाली चक्रवात ‘अक्वान’ भोलि तटमा ठोक्किने, भारतका तीन राज्यमा उच्च सतर्कता

एजेन्सी

सारांश
- बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ थप सक्रिय बन्दै गएपछि भारतका ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बङ्गालमा उच्च सतर्कता अपनाइएको छ।
- ओडिशाका विभिन्न जोखिमयुक्त क्षेत्रबाट करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सरकारले मानवीय क्षति शून्यमा झार्ने लक्ष्य राखेको छ।
- भारतीय मौसम विज्ञान विभागले विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गर्दै अत्यधिक भारी वर्षा र तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरेको छ।

नयाँ दिल्ली । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘अक्वान’ थप सक्रिय बन्दै गएपछि भारतका ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बङ्गालका केही भागमा उच्च सतर्कता अपनाइएको छ ।
भोलि शुक्रबार जमिनमा ठोक्किने प्रक्षेपण गरिएको उक्त चक्रवातका कारण तीव्र गतिको हावाहुरी र अत्यधिक भारी वर्षा हुने अनुमानसँगै सम्बन्धित राज्य सरकारहरूले उद्धार टोली परिचालन, आपत्कालीन प्रतिकार्य संयन्त्र सक्रिय तथा नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र पारेका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरी आन्ध्र प्रदेश, यानम र दक्षिणी ओडिशाका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीको बीचमा पर्ने तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
विभागले नोभेम्बर १९ देखि २१ तारिखसम्म राज्यका विभिन्न भागमा अत्यधिक भारी वर्षा हुनुका साथै दक्षिणी बङ्गालका कैयौँ जिल्लामा मेघगर्जनसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पूर्व र पश्चिम मेदिनीपुरमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना छ भने दक्षिण २४ परगना, हावडा, झारग्राम र बाँकुरामा भारी वर्षा हुने अनुमान गरिएको छ ।
यसैगरी, कोलकातामा नोभेम्बर १९ देखि २१ सम्म ३० देखि ४० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्नुका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । समुद्री सतह अशान्त रहने चेतावनी दिँदै मौसम कार्यालयले नोभेम्बर १९ र २० तारिखमा पश्चिम बङ्गालको तटीय तथा आसपासको समुद्री क्षेत्रमा नजान माझीहरूलाई आग्रह गरेको छ ।

शक्तिशाली चक्रवात ‘अक्वान’ भोलि तटमा ठोक्किने, भारतका तीन राज्यमा उच्च सतर्कता

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको उपाध्यक्ष थापाको निष्कर्ष

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा
अरुपनि पढ्नुहोस
सबै
चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो नयाँ स्याटेलाइट

‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते
















