नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने

नवलपुर टुडे
२०८० भदौ १९ | बिहान ११:०५ बजे

काठमाडौँ, भदौ १९ । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।
अभियान अन्तर्गत पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ । सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ ।
अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता सहभागी हुनेछन् ।






















