भारत ‘ए’संग नेपाल ९ विकेटले पराजित

नवलपुर टुडे


काठमाडौँ, साउन १ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा भारत ‘ए’संग नेपाल ९ विकेटले पराजित भएको छ । कोलोम्बोमा भएको खेलमा नेपालले दिएको १६८ रनको झिनो लक्ष्य भारतले २२.१ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो ।
भारतको जितमा अभिषेक शर्माले ८७ रनको उत्कृष्ट पारी खेले । उनलाई नेपालका कप्तान रोहित पौडेलले कुशल मल्लको हातबाट क्याचआउट गराए । साई सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नटआउट रहे । यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए । गुल्शन झाले ३८ रन बनाए भने अन्य व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले पहिलो पावर प्लेको १० ओभरमा ३७ रनमै ५ विकेट गुमाएको थियो । भारतका लागि निसान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए ।
नेपाल प्रतियोगिताको आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’संग ४ विकेटले पराजित भएको थियो । अब समूह चरणको अन्तिम खेलमा नेपालले युएई ‘ए’संग खेल्ने छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















