मन्त्री भर्सेस डीजी : महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

नवलपुर टुडे


काठमाडौं, असार २६ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयको अन्तिम घडीमा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका हुन् ।
मन्त्री सुदन किरातीका अनुसार महानिर्देशकले बुझाएको जवाफबारे अध्ययन भइरहेको छ। उनले भने,‘ सबै बुँदामा अधिकारीले जवाफ फर्काएका छन्, हामी अध्ययन गर्दैछौँ । चित्त नबुझे थप एक्सनमा जान सक्छौँ ।’ यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधेका थिए ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । मन्त्री किरातीले तीन दिने स्पष्टीकरणको जवाफ चित्त नबुझे अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने बताए ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















