एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

नवलपुर टुडे


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति तय गरेको हो।अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेस गर्नुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ।
गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो। जसमा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















