पुर्वप्रधान्मन्त्री देउवाको अध्यक्षतामा मानव अधिकार समितिको पहिलो बैठक सम्पन्न

नवलपुर टुडे


काठमाडौ । प्रतिनिधिसभा अधिवेशन सुरु भएको चार महिनापछि आजदेखि संसद्का विषयगत समितिको बैठक सुरु भएका छन्।
मंगलबार बिहानदेखि प्रतिनिधिसभाका सबै १० वटा समितिका बैठक बसेका हुन्। यद्यपि औपचारिक एजेन्डा नभएकाले पहिलो दिनको बैठक ज्येष्ठ सदस्यको सभापतित्व रहेको थियो।
सांसद एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसेको छ। राज्य व्यवस्था समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतित्व राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराले गरेका छन्।
संसद्का विषयगत समितिमा रहेका विभिन्न राजनीतिक दलका नेताहरुले बैठकको अध्यक्षता गरेको संसद् सचिवालयले जनाएको छ। सचिवालयले केही दिनभित्रै समितिका सभापतिको निर्वाचन गर्ने तयारी थालेको छ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















