मुख्य समाचार

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै 

नवलपुर टुडे
२०८० जेष्ठ १ | बिहान ०९:०२ बजे

काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै छ । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि बल्ल रायमाझीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीको विशेष टोलीले आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ । रायमाझीलाई म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले फरार सूचीमा राखेर खोजी गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सन्दीपलाई भने यसअघि नै पक्राउ गरिसकेको छ ।

कमेन्टहरु