मुख्य समाचार

सुनवल खानेपानी संस्थाको फिल्टर पानी ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०१:०१ बजे

नवलपरासी, वैशाख १० । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – ४ घैयाबारीस्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी भएको छ । आइतबार बिहान अन्दाजी साढे १० बजेतिर आगलागी भएको हो ।

photo 2023 04 23 13 38 21

घैयाबारी जङ्गलबाट सल्केको आगोबाट आगलागी भएको बुझिएको प्रहरीले जनाएको छ । आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक बिष्णु प्रसाद पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई स्थानीय, दमकल र प्रहरीको सहयोगमा करिब सवा १२ बजेतिर आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट एचडिपी प्लास्टिकको पाइप (१ ट्रक), गोदाम घर र शौचालयको झ्याल ढोकाको समेत गरी जलेर अन्दाजी मुल्य रु. २० लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

कमेन्टहरु