सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दै, मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने

नवलपुर टुडे


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।
आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बताइएको छ । लामो समय मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काममा समेत प्रभाव परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आज भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लाई एक राज्यमन्त्रीसहित ३-३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ । अन्य साना दललाई एक एक मन्त्रालय दिएर सरकारमा समावेश गर्ने उनको तयारी छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















