राजनीति

राष्ट्रपतिमा मत माग्दै रामचन्द्र पौडेलले सांसदहरुलाई लेखे पत्र

नवलपुर टुडे
२०७९ फाल्गुन १८ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन १८ । आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मत माग्दै सांसदहरुलाई पत्र लेखेका छन् ।

उनले आज ८ दलका सांसदहरुलाई पत्र लेख्दै सबै धर्म, संस्कृति जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ आफू राष्ट्रपतिको उम्मेदवार बनेको उल्लेख गरेका छन् ।

राष्ट्रपतिका लागि उनको प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेका सुवास नेम्बाङ पनि चुनावी मैदानमा उत्रेका छन् ।

photo 2023 03 02 15 12 58

कमेन्टहरु