कृष्णनगर विद्युतका प्रमुख पौडेललाई स्वागत खांलाई बिदाई


कपिलवस्तु, फागुन १७ । राष्ट्रिय मदरसा संघ नेपालले आज नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरको प्रमुखमा आएका सुशिल पौडेललाई स्वागत तथा सरूवा भइ जान लागेका प्रमुख कमर आलम खांलाई बिदाई गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा नं १ मा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खांको निवासमा राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अल्कूफी, नेकपा माओबादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खां, राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मौलाना जहिर अहमद बरेलवी, डा.सहाबुद्दीन, असरफ खान, अब्दुल समद खां लगायतले पौडेल तथा खांलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले कमर आलम खांले आफ्नो कार्यकालमा जनतालाई पुर्याएको सेवा कृष्णनगर क्षेत्रका लागि अविस्मरणीय रहने बताउँदै बाकी कार्यकाल सफलताका साथ बितोस भन्ने कामना व्यक्त गरे । यस्तै कार्यक्रममा प्रमुख पौडेललाई स्वागत गर्दै अध्यक्ष अल्कूफीले कृष्णनगर बसाई सुखद रहोस भन्ने कामनाका साथ सेवाग्राहीको समस्या समाधान गर्नु हुनेछ भन्ने आफूहरू पूर्ण विश्वस्त रहेको बताए ।
कार्यक्रममा कृष्णनगर वितरण केन्द्रका प्रशासन शाखा प्रमुख बिष्णु पौडेल, अब्दुल हसिब, जाहिद आजाद, मौलाना मुबारक, मास्टर इदरिस, अलताफ़ खान, शैख अब्दुल सलाम, अब्दुल नूर लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसीलाईसमेत सम्मान गरिएको थियो ।























