सत्ता नेतृत्व गुमे पनि राष्ट्रपति कांग्रेसबाटै हुन्छ: महामन्त्री शर्मा

नवलपुर टुडे


सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन् । आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने बताए।
‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ।’ उनले केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए।
‘अहिले एमाले अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्नुभएको छ, हामीले ढोक्सा थापेको होइन,’ उनले भने, ‘ओलीले एक्कासी एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन, हामी चुनावबाटै एक भएर आएका थियौं।’


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















