उपाध्यक्ष मौलाना मशहूदले मन्त्री गुप्तालाई दिए बधाई


कपिलवस्तु, फागुन १ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेशको नव नियुक्त सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तालाई भेटेर बधाई दिएका छन् ।
मौलाना मशहूदसहित राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, डा. मन्जुर अहमद खां, डा. शहाबुद्दीन, राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, मौलाना ताजुद्दीन, शैख मुजिबुर रहमान मदनी, राष्ट्रिय मदरसा संघका सदस्य शैख अब्दुल नूर, अल्ताफ अहमद खां, जाहिद हुसेन, लगायतले मन्त्री गुप्तालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
उपाध्यक्ष मशहूद लगायको टोलीले मन्त्री सि.के. गुप्तालाई दोसल्ला ओढाई सम्मान गरेकाे थियो । कार्यभार सम्माले लगतै पहिलो अवलोकन कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेको मदरसा जियाउल उलुमको गर्नु भएको जानकारी उपाध्यक्ष मशहूद खांले जानकारी दिए ।























