प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसमा मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री

नवलपुर टुडे


कपिलवस्तु, माघ २२ । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका – ८ बालापुरस्थित मदरसा बरकतिया आधारभुत विद्यालयमा अध्यानरत ४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेले बताउनुभयो ।
शैक्षिक सामाग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले राज्यले सामुदायीक विद्यालयमा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको बताउनुभयो। अबको लडाई भनेको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लडाई हुनुपर्ने जिकिर गर्नुभयो । सामुदायीक विद्यालयमा अध्यान गर्ने विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा प्रतिशप्रर्धा गर्न सक्ने गरि नै शिक्षाको गुणस्तर कायम गर्दै लैजानु पर्ने उहाँको भनाई थियो।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरले शिक्षामा सबैभन्दा बढि बजेट विनियोजन गरेको बताउदै शिक्षाले नै विकासको अनुभूति गराउने बताउनुभयो।
प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीको प्रमुख आथित्यता, प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा संस्थापक अध्यक्ष एवम वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वाणगंगा नगरपालिकाका ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायतको उपस्थिति रहेको थियो।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















