राजनीति

प्रतिनिधिसभाको बैठक भोलि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नवलपुर टुडे
२०७९ माघ २१ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ २१ । प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सरकार, मन्त्रिपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्ने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जनाएको छ ।

photo 2023 02 04 15 02 57

कमेन्टहरु