रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक दिउँसो ४ बजे

नवलपुर टुडे
२०७९ माघ १९ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहीबार (आज) दिउँसो ४ बजे बस्ने भएको छ ।
दिउँसो ३ बजेका लागि बोलाएको बैठक प्राविधिक कारणले डेढ घन्टा पछि सारिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ । आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ ।
लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछिको यो पहिलो संयुक्त बैठक हो ।





















