राजनीति

गृह मन्त्रालय दिन प्रचण्ड सकारात्मक नभएपछि ओलीलाई भेट्न बालकोट पुगे रवि

नवलपुर टुडे
२०७९ माघ १७ | मध्यान्ह ०६:१० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री दिन सकारात्मक नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका छन् ।

नागरिकता विवादसम्बन्धि मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको गृहमन्त्री तथा सांसद पद खारेज गरेको थियो । लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैं राख्ने तयारी गरेका छन् । उनलाई पार्टीभित्र पनि अब गृह नछाड्न दबाब छ ।

माओवादीको आज बसेको बैठकले सर्वोच्च अदालतबाट लामिछानेको मुद्दामा पूर्ण फैसला नआए सम्म गृहमन्त्री कसैलाई नदिने निर्णय गरेको छ । तर, रविलाई नै गृहमा फर्काउन एमाले सकारात्मक देखिएको छ । रविको ओलीसँग गृहको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

कमेन्टहरु