लुम्बिनी प्रदेश

तराईका मुश्लिमलाई ‘मधेशी थर सुचिकरण प्रतिवेदनमा‘ राख्न माग: नराखे देशव्यापी रुपमा शसक्त आन्दालन गर्ने चेतावनी

नवलपुर टुडे
२०७९ माघ १५ | मध्यान्ह १०:१० बजे

नवलपरासी, माघ १५ । तराईका मुस्लिमलाई मधेशी समुदाय थर सुचिकरणबाट नहटाउन मागसहित प्रधानमन्त्री र मुस्लिम आयोगलाई ज्ञापन पत्र बुझाइएको छ । पश्चिम नवलपरासीका मधेशी मुस्लिम नागरिक समाजले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, मुस्लिम आयोग र मधेशी आयोगलाई उक्त निर्णय बदर गर्न मागसहित ज्ञापन पत्र बुझाएको हो । मधेशी आयोगले नेपालमा मधेशी समुदायको थर सुचिकरण अध्ययन प्रतिवेदन २०७८ बाट मुस्लिम आयोगको आग्रहमा मुस्लिमलाई मधेशी थर सुचिकरणबाट हटाएकोले तराईका बहुपहिचानवादी मुस्लिमहरु सोको विरोध गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

मधेशी मुस्लिम नागरिक समाज नवलपरासीका अगुवा मदरसा समन्वय समितिका अध्यक्ष हैदरअलि मोमिनको नेतृत्वमा जिल्ला प्रशासन मार्फत बुझाएको ज्ञापन पत्रमा मुस्लिमलाई मधेशी थर सुचिकरण प्रतिवेदनमा यथावत राख्न सम्बन्धित निकायमा पत्राचार गर्न, मधेशी मुश्लिमका पहिचानको संरक्षण गर्न र समानुपातिक सहभागिताको सुनिश्चितता गर्न माग गरिएको छ ।

नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक अन्तर्गत आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जानजाति, मधेशी, थारु, मुस्लिम लगायत अन्य थुप्रै कलस्टरहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिताको हक सुनिश्चित गरेकोले सोही बमोजिम मुस्लिम समुदायका थरलाई पनि उक्त सुचिकरणबाट नहटाउन समाजको माग रहको अगुवा हैदर अलि मोमिनले जानकारी दिए । उनले भने, मुस्लिमलाई यसरी छुटाएर मधेशी मुस्लिम समुदायको समान भाषा, संस्कृति, इतिहास र वचनको आधारमा रहि आएको ऐतिहासिक मधेशी पहिचानलाई नै मेटन खोजिएको आरोप लगाए ।

मधेशका ९२ जातिलाई मधेशी पहिचान कायम गरिएको र तराईका मुस्लिम हालसम्म मधेशका मुस्लिम समुदायको मधेशी पहिचान कायम रहेकोले सोही निर्णय बमोजिम मुस्लिमको मधेशी पहिचान यथावत राख्न माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेखित माग पुरा नभएमा र पहिचान मेटन खोजिएमा नेपाल भरी वृहत मधेशी मुस्लिम आन्दोलन शसक्त रुपमा अगाडी बढाईने अगुवा मोमिनले जानकारी दिए ।

मोमिनको नेतृत्वमा गएको डेलिगेशनमा ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मोलाना सैयद गुलाम हुसैन मिँया, स्लामिया मदरसा संघका अध्यक्ष बुद्धन अलि, मुस्लिम समाजसेवी अमिरुल्लाह मिँया, मुस्लिम समाजसेवी ईजहार मिँया, हाजी ईस्हाक मिँया, सैयद हाजी ईजहार मिँया, नुरुल्लाह मियाँ, हुसैन अंसारी लगायतको उपस्थती रहेका थियो ।

received 579224450399503 received 1319196602263466

कमेन्टहरु