देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

नवलपुर टुडे
२०७९ माघ ४ | बिहान ११:१० बजे

काठमाडौं, माघ ४ । नेकपा (एमाले) ले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज दिउँसो १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।
२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन् । उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्ज समेत हुन् ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ ।






















