राजनीति

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक

नवलपुर टुडे
२०७९ माघ ४ | बिहान ११:१० बजे

काठमाडौं, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ ।

राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । उनी राप्रपाका प्रवक्तासमेत हुन् ।

शाहीले आफूलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको जानकारी दिए ।

कमेन्टहरु