राजनीति

रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद पुन माओवादी केन्द्रमै फर्किए

नवलपुर टुडे
२०७९ पुस २० | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस २० । रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेश सभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतले विजयी भएका थिए ।

उनले तत्कालीन पाँचदलीय गठबन्धनमा कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध बागी उठेर निर्वाचित भएका हुन् । गठबन्धनको उम्मेदवारविरुद्ध बागी बनेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो ।

दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका पुनले बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार गएर अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी छोडेको प्रति आत्मआलोचित भएको भन्दै पुनः पार्टीमा फर्किएका हुन् ।

उनलाई पार्टी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले खादा लगाएर पुनः पार्टीमा स्वागत गरेका थिए । पुनको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।

कमेन्टहरु