गृहमन्त्री लामिछानेले गरे पदभार ग्रहण, निर्मला पन्तको न्यायका लागि पहल गर्ने पहिलो निर्णय

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०६:०९ बजे

काठमाडौं, पुस ११ । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हाल्दै गृहमन्त्री लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताए । ‘निर्मलाको केसमा के भइरहेको छ । त्यो केसमा अपडेट गर्नुहोला । निर्मला पन्तको न्यायका लागि पहल गर्ने पहिलो निर्णय भएको छ,’ उनले भने ।
लामिछानेलाई कर्मचारीले फूल र खादाले स्वागत गरेका थिए ।






















