सौराहामा चरा जोगाउन राष्ट्रिय कार्यशाला सुरु

नवलपुर टुडे


भरतपुर,पुस ६ । चितवनको सौराहामा चराविद् र संरक्षणकर्मीहरुको राष्ट्रिय कार्यशाला सुरु भएको छ । चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न छैटौँ राष्ट्रिय कार्यशाला मङ्गलबारदेखि सौराहामा सुरु भएको हो ।
कार्यशालामा देशभरका ६० चराविद् र संरक्षणकर्मीको सहभागिता छ । तीन दिन सञ्चालन हुने कार्यशालामा नेपालमा चराको अवस्था तथा सम्भावनाको अध्ययन गरिने बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालाबाट आगामी योजना र कार्यदिशासमेत तय गरिनेछ ।
बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पन्छी संरक्षण सङ्घले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा समेत छलफल हुनेछ ।
नेपालमा एक सय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिनुभयो । कार्यशाला चरा लोप हुनाका कारण, संरक्षणका लागि भएका प्रयास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
बर्ड एजुकेसन सोसाइटी र चरा संरक्षणकर्मीले अनुभव आदानप्रदान तथा अवार्ड प्राप्त सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थाले कार्यशालामा कार्यगत विवरण प्रस्तुत गर्नेछन् । कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चराको बासस्थानमा मानवीय अतिक्रणका कारण चरा जोगाउन मुस्किल भएको बताउनुभयो ।
उहाँले सबै सरोकारवाला निकायले एक भएर चराको संरक्षणका लागि काम गर्नुपर्ने बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा आठ सय ९२ प्रजातिका चरा रहेका छन् । रासस

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















