संवैधानिक व्यवस्था अनुसार एमालेका प्रतिनिधिसभामा एक तिहाइ महिला


काठमाडौ । एमालेले प्रतिनिधिसभामै एक तिहाइ महिलालाई सांसद बनाएको छ । संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रिय सभा) मा एक तिहाइ सांसद महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए अनुसार एमालेले प्रतिनिधिसभामै त्यो संख्या पुर्याएको हो । एमालेले समानुपातिकबाट २२ जना महिलालाई सांसद बनाएको छ, प्रत्यक्षतर्फ चार महिला निर्वाचित भएका छन् ।
प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ । प्रतिनिधिसभामा एमालेका कुल ७८ सांसद भएका छन्, जसको एक तिहाइ २६ हुन्छ । राष्ट्रिय सभामा एमालेका १६ सांसदमध्ये ९ महिला छन् । एमालेले प्रतिनिधिसभामा समानुपातिकबाट महिला १९ जना पठाउँदा पनि संवैधानिक व्यवस्थाअनुसार हुने थियो ।
पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामै एक तिहाइ महिलाको प्रतिनिधित्व गराउने प्रस्ताव राखेको सचिव योगेश भट्टराईले बताए । एमालेले खसआर्य पुरुषबाट रघुजी पन्त (काठमाडौं), एकनाथ ढकाल (गोरखा) र दयालबहादुर शाही (बाजुरा) लाई पठाएको छ । शाही पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्छन् ।
त्यसैगरी खसआर्य महिलामा मेनकाकुमारी पोखरेल (दाङ), सरिता भुसाल (नवलपरासी), शोभा ज्ञवाली (बर्दिया), बिजुला रायमाझी (अर्घाखाँची), निर्मला कोइराला (सिन्धुली), सम्झना थपलिया (सिरहा), दीपा शर्मा (दैलेख) र सुनीता बराल (झापा) लाई चयन गरेको छ । आदिवासी जनजाति पुरुषमा देवीप्रकाश भट्टचन (बागलुङ), हेमराज राई (भोजपुर), कालुराम राई (झापा) छनोट भएका छन् । आदिवासी जनजाति महिलातर्फ नैनकला थापामगर (रूपन्देही), सूर्यकुमारी श्रेष्ठ (दैलेख), उर्मिला थेबे (ताप्लेजुङ), ईश्वरी घर्ती (रोल्पा), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौं), सरस्वती सुब्बा (सर्लाही) को नाम एमालेले पठाएको छ ।
एमालेले खसआर्य पुरुषबाट रघुजी पन्त (काठमाडौं), एकनाथ ढकाल (गोरखा) र दयालबहादुर शाही (बाजुरा) लाई पठाएको छ । शाही पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्छन् । त्यसैगरी खसआर्य महिलामा मेनकाकुमारी पोखरेल (दाङ), सरिता भुसाल (नवलपरासी), शोभा ज्ञवाली (बर्दिया), बिजुला रायमाझी (अर्घाखाँची), निर्मला कोइराला (सिन्धुली), सम्झना थपलिया (सिरहा), दीपा शर्मा (दैलेख) र सुनीता बराल (झापा) लाई चयन गरेको छ । आदिवासी जनजाति पुरुषमा देवीप्रकाश भट्टचन (बागलुङ), हेमराज राई (भोजपुर), कालुराम राई (झापा) छनोट भएका छन् । आदिवासी जनजाति महिलातर्फ नैनकला थापामगर (रूपन्देही), सूर्यकुमारी श्रेष्ठ (दैलेख), उर्मिला थेबे (ताप्लेजुङ), ईश्वरी घर्ती (रोल्पा), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौं), सरस्वती सुब्बा (सर्लाही) को नाम एमालेले पठाएको छ ।
एमालेले समानुपातिकतर्फ नवप्रवेशी, नेताका नातेदार र विवादास्पद छविका व्यक्तिलाई समेटेपछि पार्टी पंक्तिमा असन्तुष्टि देखिएको छ । बन्दसूची बनाउने बेलैमा उनीहरू प्राथमिकतामा परेका थिए । एमालेबाट समानुपातिक सांसद बन्नेमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल, नवप्रवेशी देवीप्रकाश भट्टचन, अमृता अग्रहरीसहितका नेता छन् । ढकाल दक्षिण कोरियाको विवादास्पद युनिफिकेसन चर्चको नामले चिनिने ‘द फेलिमी फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन’सँग सम्बद्ध छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा युनिफिकेसन चर्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रम विवादमा परेको थियो । आदिवासी जनजाति सूचीमा रहेका भट्टचन प्रभु बैंकका सञ्चालक हुन् । उनी ०७४ मा कांग्रेसको समानुपातिक सूचीमा थिए । समानुपातिकतर्फ निर्वाचित भएकी अग्रहरी बन्दसूची पेस गर्ने एक दिनअघि मात्रै जसपाबाट प्रवेश गरेकी हुन् ।
एमाले सचिव भट्टराईले विभिन्न दलबाट आउनेलाई यसअघिको प्रतिबद्धताअनुसार नै छनोट गरिएको बताए । ‘उहाँ (ढकाल) को पार्टीले एमालेलाई प्रत्यक्षमा सहयोग गर्ने र समानुपातिकमा उहाँलाई राख्ने पूर्वसहमति थियो,’ भट्टराईले भने, ‘उहाँका लागि पनि एमालेको ह्वीप लाग्छ, एमालेसँगै बस्नुहुन्छ ।’ पहिलो र दोस्रो संविधानसभामा सांसद रहेका ढकाल २०७४ को निर्वाचनमा पनि एमालेको समानुपातिक सूचीमा थिए ।
खसआर्यतर्फ महिलाको पहिलो नम्बरमा मेनका पोखरेल र आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा नैनकला थापाको नाम छ । मेनका महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने नैनकला उपाध्यक्ष रामबहादुर थापाकी पत्नी हुन् । नेताहरूले भने मेनका लामो समय विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा आएको र थापा पनि राजनीतिमा सक्रिय रहेको बताउने गरेका छन् । प्रदेश १ मा समानुपातिकबाट नीरा खनाल आचार्य निर्वाचित भएकी छन् । उनी एमालेका पूर्वसचिव तथा सुनसरी–२ बाट निर्वाचित सांसद भीम आचार्यकी पत्नी हुन् ।
नेताका परिवारका सदस्यलाई समानुपातिकमा छनोट गरिएकामा कार्यकर्ता पंक्तिमा असन्तुष्टि देखिएको छ । एमालेको जनवर्गीय संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले फेसबुकमा ‘जनसंगठनको साझा अभियान– समानुपातिकमा आफन्त राख्ने नेतालाई बहिष्कारसहित फेरि कुनै पदमा आउन नदिने गरी पहिचान’ भनेर आक्रोश पोखेका छन् ।






















