बैतडीमा घाँटी रेटिएको अवस्थामा एक युवती मृत र किशोरी घाइते फेला

नवलपुर टुडे


धनगढी, मंसिर १४ । बैतडीमा एक युवती घाँटी रेटिएको अवस्थामा मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन् ।
बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन् । यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी हुन् ।
मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन् । मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका दुवैजना घर नफर्केपछि खोजीतलास गर्ने क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।
घाइते नेहाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । अहिले प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । उनीहरूको हत्यारा पत्ता लगाउन घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिने प्रहरी निरिक्षक जोशीले जानकारी दिए ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















