राजनीति

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे कांग्रेसका वरिष्ठ नेता पौडेल

नवलपुर टुडे
२०७९ मंसिर १२ | बिहान ११:०८ बजे

काठमाडौँ, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान अध्यक्ष नेपाललाई भेट्न पौडेल उनकै निवास कोटेश्वर पुगेका थिए ।

भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल भएको माधवकुमार नेपालनिकट स्रोतले बतायो । स्रोतकाअनुसार पौडेलले कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए ।

कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने नेपालले जवाफ दिएको उनी निकट स्रोतले जानकारी दिएको छ । अहिले प्रधानमन्त्रीको दाबी गरिरहेको पुस्तामा पौडेलमात्रै प्रधानमन्त्री नबनेकाले कांग्रेसले अगाडि सारेमा एकीकृत समाजवादीले समर्थन गर्ने अध्यक्ष नेपालको भनाई छ ।

कमेन्टहरु