राजनीति

ब.सु.प. क्षेत्र नं १ (ख) प्रदेश सभाबाट देवकरण कलवार (सन्तु) विजयी

नवलपुर टुडे
२०७९ मंसिर ९ | बिहान ०९:०८ बजे

खुरसेद हजाम
नवलपरासी । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका देवकरण कलवार (सन्तु) बिजय भएका छन् । कलवार जनमत पार्टीका उमेदवार असरफ चुडिहार २ हजार १ सय ९२ मतान्तरले पराजित गरेका हुन् । 

कलवार ११ हजार २ सय ८५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी चुडिहार ९ हजार ८ सय ७ मत प्राप्त गरेका छन । त्यसैगरी एमालेका उम्मेदवार दिपक शर्माले ७ हजार ५ सय ५६ मतसहित तेस्रो स्थानमा रहेका छन।

सविधानसभा सदस्यसमेत रहनु भएका कलवार यसपालि प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । उनलाई पहिला देखि किसान नेता भनेर चिनिन्छ । कलवारले आफुलाई विश्वास गरेर मतदान गर्ने मतदाताहरुलाई आभार ब्यक्त गरेका छन।

कमेन्टहरु