राजनीति

ब.सु.प. क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पाठक बिजयी

नवलपुर टुडे
२०७९ मंसिर ८ | बिहान ०८:०८ बजे

नवलपरासी । पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक बिजयी भएको छ । पाठक १५४४३ मत प्राप्त गरेर बिजयी भएको हो । उनका निकटतम प्रतिद्वन्दी एमालेका पुण्यप्रसाद पौडेल १३३१६ मत प्राप्त गरेको छ । पाठकले २१२० मतको अन्तरले बिजयी भएको हो ।

पाठकले भारी मतअन्तर एमालेका पौडेललाई पराजय गर्नु गरेको छ । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार नबिन कुमार बिश्रले ५ हजार ४ सय ४१ मत प्राप्त गरेको छ ।

पाठक शिक्षा क्षेत्रका एक सफल मानिन्छ । शिक्षा क्षेत्रसंगै पहिलादेखि नै राजनीति लाग्नुभएको थियो । वहाँ समाजिक संघ संस्थामा क्रियाशिल हुनुहुन्छ ।

कमेन्टहरु