राजनीति

एमाले अध्यक्ष ओलीलाई चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गर्न आयोगको अनुमति

नवलपुर टुडे
२०७९ कार्तिक १६ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं, कार्तिक १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा हेलिकोप्टर चढ्नका लागि अनुमति दिएको छ ।

आयोगमा बुधबार निवेदन आएपछि पार्टीको खर्चमा हेलिकोप्टर चढ्न अनुमति दिइएको आयोग स्रोतले जनाएको छ । एमालेको मुख्य प्रचारक अध्यक्ष ओली भएकाले हेलिकोप्टरका लागि आयोगसँग अनुमति लिनका लागि निवेदन दिइएको थियो ।

एमालेले अनुमतिका लागि आयोगमा पेस गरेको निवेदनमा अध्यक्ष ओलीसँगै अर्का एक जना पनि आवश्यकताका आधारमा रहने भनिएको आयोग स्रोतले जनाएको छ ।

कमेन्टहरु