समानुपातिक बन्द सूचीबाट ५४८ जना उम्मेदवारको नाम हटाउने आयोगको निर्णय

नवलपुर टुडे
२०७९ कार्तिक ८ | मध्यान्ह ०६:०७ बजे

काठमाडौ । निर्वाचन आयोगले विभिन्न कारणले अयोग्य रहेका ५४८ जनाको नाम समानुपातिक बन्द सूचीबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार आयोगले अयोग्यता भएकाहरूको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्द सूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाहरूको नाम हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।























