भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

नवलपुर टुडे
२०७९ अशोज २७ | बिहान १०:०६ बजे

काठमाडौ । नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् ।
अगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् । निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा. भिम रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् ।
पार्टीले टिकट नदिएपछि अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनिसकेका छन् । उनको चुनाव चिन्ह त्रिभुज रहेको छ ।






















