राजनीति

आज राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच एकता सभा हुँदै

नवलपुर टुडे
२०७९ अशोज १२ | बिहान ०९:०६ बजे

काठमाडौं, असोज १२ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच आज पार्टी एकता घोषणा सभा हुने भएको छ । विवेकशील साझा पार्टी परित्याग गरेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू आज (बुधबार) राप्रपामा प्रवेश गर्न लागेका हुन् ।

आज मध्यान्ह १२:३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपा-मिश्र पक्षबीच एकता घोषणा सभा हुनेछ । राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार मिश्रसहित विवेकशील साझा पार्टीका केही नेताहरु पनि राप्रपामा प्रवेश गर्नेछन् ।

मिश्रलाई राप्रपामा वरिष्ठ उपाध्यक्ष पद दिने गरी नेताहरूबीच सहमति भएको बताइए पनि पदबारे भने दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा खुलस्त पारेका छैनन् ।

कमेन्टहरु