राजनीति, लुम्बिनी प्रदेश

गुल्मीमा नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी) का विद्यार्थी संगठनका केन्द्रिय सदस्यसहित पक्राउ इन्द्रजित नेपाली

नवलपुर टुडे
२०७९ अशोज १ | मध्यान्ह १२:०६ बजे

इन्द्रजित नेपाली
गुल्मी । धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बिद्यार्थी संगठनका केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन् । जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रिय महासचिब रुपा बुढामगरसहित झण्डै दुई दर्जन बिद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो । यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कम उमेरका बिद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताए । कम उमेरका बिद्याथीहरुलाई भेला तथा सभा समारोहमा सहभागी गराउन नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको खरेलले दाबी गरे।

केन्द्रिय महासचिव रुपा बुढा मगर पनि कम उमेरको हो त भन्ने गुल्मी अपडेटको प्रश्नमा उनले बुढालाई सोधपुछका लागि बोलाइएको उल्लेख गरे । अन्य बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सो समूहले यस अगाडि जिल्लामा चन्दा आंतक मच्चाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले निगरानीमा राखेको थियो ।

कमेन्टहरु