शनिबार रातिबाट संसद अधिवेशन अन्त्य गर्न सरकारले गर्यो सिफारिस

नवलपुर टुडे
२०७९ भदौ ३१ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ ३१ । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबार रातिदेखि संसदको ११औं अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
निर्वाचन आयोगले असोज २ गते आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक उमेदवारहरूको बन्द सूची दर्ता गर्ने कार्यसूची तय गरेको छ । सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान रहेको छ ।
प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित विदाई गर्ने संसद सचिवालयको तयारी छ ।






















