महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्टमन्त्री खड्का बेलायत जाने

नवलपुर टुडे
२०७९ भदौ २९ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ २९ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायत जाने भएका छन् । महारानी एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ ।
अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् ।
९६ वर्षको उमेरमा एलिजाबेथको गत भदौ २३ गते निधन भएको थियो । एलिजाबेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।























