मुख्य समाचार

पानी ल्याउन सफल भए धरानका मेयर हर्क साम्पाङ

नवलपुर टुडे
२०७९ भदौ २८ | बिहान ०७:०५ बजे

सुनसरी । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए ।

मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए । उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् ।

‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहितका धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

कमेन्टहरु