मुख्य समाचार

म्यानमार र मलेसियाका नवनियुक्त राजदूतले लिए सपथ

नवलपुर टुडे
२०७९ भदौ २७ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं, भदौ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदूतहरुलाई सपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहकाबीच म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको शीतल निवासका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु