मुख्य समाचार

ओलीलाई कालो झण्डा देखाएर अवरोध गर्न खोजेको आरोपमा ११ जना पक्राउ

नवलपुर टुडे
२०७९ भदौ २७ | मध्यान्ह ०३:०५ बजे

धनुषा, भदौ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएर अवरोध गर्न खोजेको आरोपमा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई विमानस्थल अगाडिबाट कालो झण्डा देखाउन लागेको आरोपमा ११ जनालाई पक्राउ गरिएको धनुषाका एसपी बसन्त रजौरेले बताए ।

एमाले अध्यक्ष ओली सोमबार जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न र विभिन्न पार्टी परित्याग गरी आएका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन जनकपुर पुगेका हुन् ।

कमेन्टहरु