खेलकुद

काडिजलाई हराएर बार्सिलोना शीर्षमा

नवलपुर टुडे
२०७९ भदौ २६ | बिहान ०६:०५ बजे

म्याड्रिड । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजलाई ४–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंकमा दोस्रो स्थानमा छ ।

डच खेलाडी फ्रेन्क डे जोङले बार्सिलोनाका लागि पहिलो गोल गरेयता रोबर्ट लेवनडोस्कीले दोस्रो थपे । सब्टिच्युट अन्सु फाटीले तेस्रो तथा ओसमन डेम्बेलेले चौथो गोल गरे ।

शनिबारकै अन्य खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ४–१, सेभियाले इस्पनयोललाई ३–२ र भ्यालेन्सियाले रायो भाल्कानोलाई २–१ ले पराजित गरेको छ ।

नेयमारको ११० गोल

पेरिस– ब्राजिली फरवार्ड नेयमार फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि चौथो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको निर्णायक गोल मद्दतले पीएसजीले फ्रान्सेली ला लिगामा शनिबार ब्रेस्टलाई १–० ले हरायो ।

पीएसजीका लागि नेयमारको गोल संख्या १ सय १० पुगेको छ ।

कमेन्टहरु